एमाले र माओवादी एकताको मिलनविन्दु खोज्ने प्रयास,आन्तरिक छलफलमा

एमाले र माओवादी एकताको मिलनविन्दु खोज्ने प्रयास,आन्तरिक छलफलमा

वैशाख, काठमाडौं । पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग-अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले सचिवालय बैठक,र नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएका छन । माओवादी केन्द्रको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यसैगरी एमालेको बैठक साँझ ६ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।

बिहीबार दुवै पार्टीका अध्यक्षबीच छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि पटक-पटक भएका छलफलले निकास निकाल्न सकेको छैन ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकताको विन्दु पहिल्याउन छलफल गर्न लागिएको जानकारी दिइन् ।

एमाले र माओवादीबीच वैशाख ९ गते एकता घोषणा गर्ने भनिएको थियो । तर शीर्ष नेताहरुको व्यवस्थापनमा कुरा नमिलेपछि त्यो मिति टरेको छ । अब एकता घोषणाको नयाँ मिति तोक्ने नेताहरुले बताइरहे पनि अझै टुंगो लागिसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका