सोलुखुम्बु,बैशाख—जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार क्षेत्रमा भएको सवारी पार्किङ बारे अनुगमन गरेको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाको नेतृत्वमा अनुगमन गरिएको हो । अव्यस्थित पार्किङका कारण बजार क्षेत्र अस्तव्यस्त बनेको व्यापक जनगुणासो बढेका कारण जिल्ला प्रशासन तथा ट्राफिक प्रहरीको सयुक्त टोलीले स्थलगत रुपमा निरिक्षण गरेको हो ।
सल्लेरीको आवाडाडा देखि पुरानो बजारको जिप पार्क सम्म अनुगमन गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका प्रमुख सञ्जिव चौधरीले जानकारी दिए । बजार क्षेत्रमा अब्यवस्थित सवारी पार्किङले दुर्घटनाको जोखिम उच्च हुने भन्दै सबैलाई व्यस्थित रुपमा पार्किङ गर्न प्रजिअ शेर्पाले आग्रह गर्नुभयो ।