पेस्तोल र लागूऔषधसहित ७ भारतीय पक्राउ

पेस्तोल र लागूऔषधसहित ७ भारतीय पक्राउ

१२ वैशाख, मोरङ प्रहरीले पेस्तोल र लागू औषधसहित सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विराटनगरको नोबल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकलमा सवार ६ जना र सोही स्थानमा शंकास्पद अवस्थामा रहेका १ जना मंगलबार साँझ पक्राउ परेका हुन् । प्रहरिले मोटरसाइकल रोकी चेकजाँच गर्दा अवैध लागू औषध एभिल १७७५ एम्पुल, डाइजेपाम ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्की , नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसिक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल फेला पारेको थियो ।

प्रहरिले बिहार अररिया जिल्ला फारबिसगञ्ज २ बस्ने ३० का प्रमोद भन्ने बिनोद यादवको कम्मरको बाया साइडबाट प्रहरीले पेस्तोल निकालेको थियो । उनिहरुको साथबाट ८१ हजार नेपाली रुपैयाँ, अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिनका साथै म्याग्जिनभित्र प्रयोग हुने ६ राउण्ड गोलीसमेत बरामद गरेको मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जनाएको छ ।

प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकलसमेत नियन्त्रण्मा लिएको छ । पक्राउ गरिएका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजना अन्तरर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण विसीले बताए ।

प्रहरीले बिहार अररिया बतनाहा ४ का २४ वर्षिया रोहितकुमार शर्मा, फारबिसगञ्जका ३० वर्षीय विनोद यादव, मिल्की डुमरियाका १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलम देवी यादव, सिमराहा बस्ने २६ वर्षीय प्रकाशकुमार दास, रानीगञ्ज बस्ने ३३ वर्षीय रञ्जितकुमार शर्मा र बरारभत नाजा ७ बस्ने ४० वर्षीय सुरजनारायण यादवलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका