उत्तरदक्षिण लोकमार्गका लागि तीन अर्ब

उत्तरदक्षिण लोकमार्गका लागि तीन अर्ब

उत्तरदक्षिण कर्नाली लोकर्मार्गको कुल २ सय ६८ कि.मि.लम्बाईमध्ये हुम्लाको सिमकोट हिल्छा खण्डमा पर्ने ८८ कि.मि. लम्बाईको सडक निर्माण नुमानित खर्च दुई अर्ब ९० करोड लाग्ने भएको छ ।

यसमा २१ हजार रुखहरुको नाँसमास हुनेछ भने चार वटा सामुदायिक वनको ३२ हेक्टर जमिन सडकमा परिणत हुनेछ । ६१ वटा घरहरु सडकको रेखाभित्र परेका छन् । यो सडक खण्डको शुरुवात सिमकोटको मेलगुडीबाट शुरु भएर मुचु गाविसको हिल्छासम्म रहनेछ । यसका लागि हेप्का खोलामा २५ मि., सल्लीखोलामा २० मि., कर्र्नाली नदीमा ६० मि. र वुंबुचे खोलामा ५० मि.को गरी चार वटा पुलको निर्माण हुनेछन् । वातावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत  प्रवेदन अनुसार उक्त सडकको अयो सडक खण्डले सिमकोट, डाँडाफया, हेप्का, खगालगाउँ र मुचु गरी पाँच गाविसलाई छोएको छ भने यसबाट प्रत्यक्ष रुपमा नौ हजार चार सय ३५ जना लाभान्वित हुने भएको छन् ।

यो सडक समुन्द्र सतहबाट २ हजार नौ सय ८ मि.देखि  हजार पाँच सय मि.को उचाईमा रहने भएको छ । यसको लम्बाई ८८ कि.मि. चौडाई ७ मि. एक लेन र सडकको क्षेत्र सडकको मध्येबिन्दुबाट २५ मिटर दाँया बाँया रहने भएको छ । यसमा चल्ने सवारी साधनको अधिकतम गति प्रति घण्टा ० कि.मि. हुनेछ ।  यो सडकका लागि अस्थायी जग्गा अधिकरणमा १० हेक्टर जग्गा पर्नेछ भने स्थायी रुपमा  सय ० हेक्टर जग्गाको अघिकरण हुनेछ । यसमा ३७ हेक्टर व्यक्तिगत जग्गा, ३२ हेक्टर सामुदायिक वनको जग्गा र ३७१ हेक्टर सरकारी जग्गा पर्ने भएको छ ।

यो आयोजना सम्पन्न हुँदासम्म करीब चार हजार जनाले रोजगारी पाउने भएका छन् भने उच्च हिमाली भेगमा खेतीयोग्य २१ हजार रुखहरु काटिने ६१ व्यक्तिगत घरहरु सडकको रेखामा पर्ने वटा पुलहरु निर्माण गरिने सय ० हेक्टर जग्गाको स्थायी अधिकरण हजारले दक्ष तथ अदक्ष कामदारले रोजगारी पाउने९ हजार  सय ३५ प्रत्यक्ष लाभान्वित ५ वटा गाविसलाई सडक रेखाले छुने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका