कर्ण बहादुर रोकाया, हुम्ला ||
हुम्लाको गत आ.वा.२०७२/०७३ को बेरुजु सवा ८ करोडभन्दा धेरै देखिएको छ | यसमा असुल गर्नु पर्ने, अनियमितता र पेश्की फर्छ्यौट गरि तीन शीर्षक रहेको छ |
यसरी असुल गर्नुपर्ने बेरुजु २० लाख ८० हजार छ | अनियमितता गरिएको बेरुजु ३ करोड ९६ लाख ४२ हजार रहेको छ भने पेश्की फर्छ्यौट गर्नु पर्ने बेरुजु सबभन्दा धेरै ४ करोड १९ लाख ४२ हजार रहेको जानकारी महालेखा परिक्षकले प्रकाशनमा ल्याएको हुम्ला जिल्लाको प्रतिबेदनमा उल्लेख गरिएको छ |
उक्त प्रतिबेदनमा जिल्लाका ३३ सरकारी कार्यालयको लेखापरिक्षण गरिएकोमा १९ कार्यालयको बेरुजु देखिएको छ |
उक्त कार्यालयहरुमा जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अस्पताल विकास समिति, आलु बाली विकास केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय, कारागार शाखा, जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र, जिल्ल्ला कृषी विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राविधिक कार्यलय, जिल्ला वन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला हुलाक कार्यालय, पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना, दुर्गम क्षेत्र विकास समिति, महिला तथा बालबालिका कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाको कार्यालय रहेका छन् ।
जिल्लामा ३३ कार्यालयहरु रहेका भए पनि यो वर्ष १९ कार्यालयहरुको बेरुजु रहेको देखिएको छ ।