कचहरी डट कम, हुम्ला ।।
अलौकिक, अद्भुत, अनौठो र अचम्मको संरचनाको एक अनुपम नमुना नै च्या फुक अर्थात खण्डहरमा अवस्थित छ । यो गुफाको निर्माण एघारौं शताब्दिका महान अनुवादक तथा यात्री रिन्छेन जाङपाले स्थापना गरेको तपोस्थल हो–यो । चक्रवर्ती पहराको काखमा अद्भुत छ । तलतिर रौं नै खस्लाजस्ता पहराहरु माथि नागका फणाहरुले डस्न लागेका झैं चुचुराहरुरको बीच भागमा मानवता र वीरताको एक प्रतीकात्मक भाषा कोरिएकोेछ ।
जहाँ वसेर ध्यान मग्न भिक्षुभिक्षुणीहरुले आफु र आफ्नो आत्मीय मनोभावहरुलाई थाती राखी उच्च आकांक्षाले अलौकिक शक्ति प्राप्त गर्नेे स्थल नै च्याफुक हो । चाहिने न्युनतम कुराहरु पानी, आवास र गाँसको यथासम्भव व्यवस्था गरिएको छ । यहाँ ११ औं शताब्दीको कास्मिरी कलाको अद्भुत नमुना प्रस्तुत भएकोछ । विभिन्न प्रकारका छोर्तेनहरु छन् । गुफाहरु छन् ।