हराएको ब्यापारीक स्थल छुउँसा

हराएको ब्यापारीक स्थल छुउँसा

कचहरी डट कम, हुम्ला ।। करिब ३ दशकअगाडिसम्म व्यापारिक थलोका रुपमा विकास भएको छुउँसा हाल आएर खर्कहरुको नाम बाहेक अरुमा प्रयोग हुन सकेको छैन । प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक रुपमा मह्त्व बोकेको यो स्थलको समयमै उचित विकास र विस्तार गर्नु पर्ने देखिन्छ । यसलाई एकातिर व्यापारीक थलो र पर्यटनको  सम्भाव्य गन्तव्यस्थलको रुपमा विकास गर्न सकिनेछ । यहाँ रक क्लाइविङ्ग, कायाकिङ्ग, –याफ्टीङ्ग, हर्ष राइडिङ्ग, साहसिक र पर्यापर्यटनको आनन्द लिन सकिनेछ ।

विभिन्न हिमालको काखबाट साना साना पानीका झरनाहरु कलकल  बगिरहेका छन् भने काखैमा नावरका रस्तीवस्तीहरु, विचित्रका पहराहरु, अनेकौं प्रकारका अमूल्य जडिबुटीहरुको खुल्ला संग्राहालय हो । यहाँको शुद्ध, पवित्र तथा शीतल जलबाट हाइडेथेरापी, एरोमाथेरापी, मडथेरापी तथा इसेन्सथेरापीको प्रयोगबाट विभिन्न किसिमको रोगहरुको उपचार प्राकृतिक रुपमा गर्न सकिनेछ । यो न्यालुको प्रवेशद्वार समेत भएकोल यसको महत्व धेरै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका