कचहरी डट कम, हुम्ला ।।
भनिन्छ विवाहले नयाँ जीवन दिन्छ तर हुम्लाको श्रीमष्ठा गाविस वडा नं ६ पालीकी रुपधरा जैसीको भागी विवाह नै काल बन्यो । आफुले मन पराएको केटा रोडीकोट गाविस वडा नं ९ का सुरेन्द जैसीले भगाएर ल्याउने क्रममा मेल्छाम श्रीमष्ठा गाविसको बीचमा पर्ने पीप्लांग गाउँको दर्बीभींडबाट खसेर मृत्यु भएको छ ।
श्रीमष्ठाको पाली गाउँबाट भागेर जाँदा भींरबाट लडेर टाउकोकोमा गहिरो चोट लागेको छ भने दाँत भाँचिएको छ र मेरुदण्ड पनि भाँचिएको जानकारी जिल्ला अस्पताल हुम्लाका डाक्टर शिशिर कुमार शर्माले दिएका छन् ।
श्रीमष्ठा गाविस वडा नं ६ पाली गाउँका भक्तीप्रसाद जैसीकी १४ वर्षीया छोरी रुपधरा जैसीलाई रोडीकोट गाविस वडा नं ९ रोडीकोट गाउँका सुरेन्द्र जैसीले भगाएर ल्याउने क्रममा दर्बीभींडबाट लडेर मृत्यु भएको छ ।
केटी भगाउन गएका सुरेन्द्र जैसी, सरिलाल जैसी, केटीको बुवा भक्ती प्रसाद जैसी र हरिचन्द्र जैसी लगायतलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलयले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमख प्रहरी नाउव उपरिक्षक डा मेख बहादुर खत्रीबाट जानकारी प्राप्त भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलयले मृत्यकको लाश पोष्मार्टम गरेको रिर्पोटपछि आवश्यक छानविन तथा अनुसुन्धान समेत गरिने भएको छ भने लास मृत्यकका आफन्तलार्ई बुझाईको जिल्ला प्रहरी कार्यलय हुम्ला स्रोतले जनाएको छ ।