हुम्लामा कृषि उत्पादनका लागि ७५ हिउँ पोखरी

हुम्लामा कृषि उत्पादनका लागि ७५ हिउँ पोखरी

कचहरी डट कम, हुम्ला ।। हुम्लामा कृषि उत्पादनमा वृद्धि गर्नका लागि जिल्लामा पहिलो पटक ७५ हिउँ पोखरी स्थापना गरिएको छ । यसबाट किसानले चाहेको समयमा सिंचाई गर्न सक्ने भएका छन् ।

हुम्लाको विविधतायुक्त भूगोलको लागि यो उपयुक्त प्रविधिले कृषि उत्पादनमा सहयोग पुग्ने भएको छ । जसबाट तरकारी, फलफुल तथा अन्य विभिन्न प्रकारका खेतीपातीको उत्पादन बढ्ने देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालय हुम्लाले यो वर्ष आवश्यक पर्ने सिलपोलिन सिट, प्राविधिक सहयोग र अन्य परामर्श सेवा निःशुल्क दिने जानकारी उक्त कार्यालयका प्राविधिक सहायक बल बहादुर फडेराले दिए ।

जिल्लाभरी छनौट भएका तरकारी, आलु, सिमी, स्याउ र अन्य पकेट क्षेत्र भएका सक्रिय किसानहरुलाई यो प्रविधिले राम्रो सहयोग गर्ने देखिएको छ ।

यो वर्ष जिल्लाभरी ७५ वटा हिउँपोखरीको लागि सामान जिल्ला कृषि विकास कार्यालय हुम्लाले वितिरण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका