Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनयुद्धको आधारभूमि रोल्पालाई आर्थिक विकाशको नमुना बनाउने प्रचण्डको उद्घोष – Gaule Khabar

जनयुद्धको आधारभूमि रोल्पालाई आर्थिक विकाशको नमुना बनाउने प्रचण्डको उद्घोष

जनयुद्धको आधारभूमि रोल्पालाई आर्थिक विकाशको नमुना बनाउने प्रचण्डको उद्घोष

रोल्पा,फागुन ६ –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अप्ठ्यारोमा परेपछि पुनः रोल्पा आएको बताएका छ। यद्यपी कस्तो खालको अप्ठ्यारो हो भन्ने उनले खुलाएनन्। पहिलो रोल्पा महोत्सवको उद्घान गर्न शुक्रबार लिवाङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले जब जब संकट पर्छ, तब तब आफू रोल्पा आउने गरेको स्मरण गरे। ‘हिजो युद्धका बेला जब म अप्ठ्यारोमा पर्थेँ, रोल्पाली जनताको बीचमा आउन पाउँदा धेरै गाँठाहरु फुक्थे, मलाई पनि सन्तुष्टि मिल्थ्यो,’ विगत सम्झदै प्रचण्डले भने, ‘अहिले निर्वाचनको वातावरण निर्माण गर्न नदिने र परिवर्तनलाई रोक्न खोज्नेहरु सलबलाइरहेका छन्, तपाईंहरु खबरदारी गरिदिनुस्।’

संविधान कार्यान्वयन गरी चुनाव गर्नका लागि समेत अन्य दलहरुले सहयोग नगरेको उनको गुनासो छ। साथै उनले अघिल्लो सरकारले ल्याएको बजेटमा चल्नु परेकाले सोचेअनुसारको काम गर्न नसकिएको स्वीकारे। राजनीतिक परिवर्तनले मात्र खाली पेट नभरिने भन्दै प्रचण्डले त्यसका लागि त्यसका लागि आर्थिक  समृद्धिको खाँचो औँल्याए। विकासको नयाँ मोडल पेश गर्न रोल्पाली जनतालाई उनको आग्रह छ। ‘रोल्पाका मेहनति, त्यागी र तपस्वी जनता, नेता र दलले नयाँ गति दिउन्, म विशेष अपिल गर्न चाहन्छु,’ उनले भने।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले रोल्पाको विकासका लागि सरकारले विनियोजन गरेको बजेटको विवरण पनि सुनाएका थिए । विजुलीका लागि त्यहाँका जनताले पैसा संकलन गरेको आफूले सुनेको भन्दै उनले आगामी दुई वर्षभित्रमा त्यहाँका हरेक घरमा बिजुली पु¥याउन २९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए। अब जनताले पैसा उठाइराख्न नपर्ने उनको जिकिर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका