Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’ हुने – Gaule Khabar

नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’ हुने

नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’ हुने

काठमाडौं,फागुन ६ –

वनको दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउ नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’ हुने भएको छ ।

वन विभागले वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा ‘दिगो वन व्यवस्थापनका लागि वन संवद्र्धन’ भन्ने नाराका साथ सो गोष्ठी गर्न लागेको जनाएको हो । गोष्ठीमा हालसम्म वन संवद्र्धन प्रणालीमा आधारित व्यवस्थापनमा भएका अभ्यास तथा सिकाइलाई अभिलेखीकरण गरी विश्लेषण गर्ने, दिगो वन व्यवस्थापनमा देखिएका जोखिमी र चुनौती न्यूनीकरणका उपायबारे सरोकारवालासँग छलफल गरी कार्यदिशा निर्माण गरिने महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

गोष्ठीमा वृक्षरोपण क्षेत्र, वन संवद्र्धन प्रणाली वन व्यवस्थापनमा आधारित पद्धतिअनुसारको वन संवद्र्धन प्रणाली र तराईका जिल्लामा सञ्चालित वैज्ञानिक वन व्यवस्थापनका सिकाइ र अनुवांशिक स्रोत तथा वृक्ष सुधारका बारेमा बृहत छलफल हुने बताइएको छ । यही फागुन ८ देखि १० गतेसम्म हुने गोष्ठीमा स्वदेश र विदेशबाट ५१ प्रस्तुति र १९ पोस्टर आइसकेको आयोजक समितिले जनाएको छ । गोष्ठीमा वनसँग सम्बन्धित १० विदेशी तथा १५० स्वदेशी विज्ञको सहभागिता रहने उपमहानिर्देशक हेमलाल अर्यालले जानकारी दिनुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका