Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपाको केन्द्रीय सदस्यका लागि सारी लगाएर भोट माग्दै रेखा थापा (फोटो सहित) – Gaule Khabar

राप्रपाको केन्द्रीय सदस्यका लागि सारी लगाएर भोट माग्दै रेखा थापा (फोटो सहित)

राप्रपाको केन्द्रीय सदस्यका लागि सारी लगाएर भोट माग्दै रेखा थापा (फोटो सहित)

काठमाडौं,फागुन ६ –

यो समयकी सर्वाधिक चर्चित र लोकप्रिय नायिका रेखा थापालाई यतिबेला चुनावी चटारोले बेस्सरी छोपेको छ । राजनीतिक यात्रामा त पहिल्यै थिइन् उनी यद्यपि एकाएक माओवादी केन्द्र छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेपछि पार्टीको चालु महाधिवेशनमै केन्द्रीय सदस्य पदका लागि चुनावको मैदानमा समेत उत्रिएकी छन् ।

नेपाली रजतपटमा करीव डेढ दशकसम्म अविच्छिन्नरुपमा एकछत्र राज गर्दै आएकी सुपरस्टार नायिका रेखा थापाको राप्रपा प्रवेशले नै देशव्यापी तरङ्ग ल्याइरहेको समयमा केन्द्रीय सदस्य पदमा उनको उम्मेदवारीले झनै उनलाई चर्चाको चुलीमा पुराएको छ । राप्रपा प्रवेशसँगै तुफानी शैलीमा देश दौडाहामा हिडेर आफूलाई कला क्षेत्रमा जस्तै राजनीतिमा पनि आमजनताको उत्तिकै आकर्षणको केन्द्रको रुपमा स्थापित गर्न सफल भएकी थापा पार्टीको केन्द्रीय सदस्यका लागि पनि चुनावी मैदानमा होमिएकी हुन् ।

 

 

 

 

 

 

 

 

 

नायिका रेखा थापा हिमाल, पहाड, तराई सबैतिर उत्तिकै मन पराइने नायिका हुन् । त्यतिमात्र होइन, बालबच्चा, युवायुवती र बृद्धबृद्धा गरी हरेक उमेर समूहका मानिसहरुमा उत्तिकै मनमस्तिष्कमा बस्न सफल रेखाको दाँजोमा पुग्ने कोही अर्को नायिका नहोला । उनै सफल नायिका रेखा फागुन ६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा भइरहेको एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी हुन् ।

“देशभरिबाट आएका प्रतिनिधिहरूले मलाई विश्वास गरी अमूल्य मत दिनुहुनेछ भन्ने कुरामा एकदमै विश्वस्त छु”, रेखाले भनेकी छन् । नायिका थापाले आम प्रतिनिधिहरुको अमूल्य मतको मूल्य चाहिँ पार्टीले सुम्पेको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेर चुकाउने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् ।

सानै उमेरदेखि नेपाली कला क्षेत्रमा लागेर यसको उन्नयनमा डेढ दशक लामो समय खर्चिएकी यी नायिका कला र राजनीतिको दुई ढुङ्गालाई एकसाथ खियाउने सुरमा छिन् । “दुई डुङ्गामा खुट्टा राखेर पार लाग्न सकिँदैन” भन्छन् बूढापाकाहरु । यद्यपि दुई डुङ्गामा खुट्टा राखेरै गन्तव्यमा पुग्नु पनि माझीको अर्को कौशल हुनेछ । एउटै डुङ्गामा खुट्टा राखेर त धेरै गन्तव्यमा पुगेका हुन्छन्, राजनीति र कलाको दुई डुङ्गामा खुट्टा राखेर गन्तव्यमा पुग्नु रेखाका लागि अर्को सुखद् पाटो हुनेछ ।

नायिका रेखा थापा आम नेपाली जनताको मन र मुटुमा बस्न सफल छिन् । राप्रपा प्रवेशपछि रेखा सहभागी भएका जनसभाहरुमा उर्लिएको जनसागरले पनि उनको राजनीतिक यात्रालाई जनताले अनुमोदन गरेको मान्न सकिन्छ । फागुन ६ गतेबाट भृकुटीमण्डपमा चलिरहेको राप्रपाको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि चुनावी मैदानमा उत्रिएकी नायिका रेखा देशभरका प्रतिनिधिहरुको मनमा बस्न कत्तिको सफल हुने हुन् ? यो भने मतगणनापछि नै थाहा हुनेछ । –

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका