Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चन्दा असुली र लुटपाटमा संलग्न अभियोगमा मलेसियामा ११ नेपाली पक्राउ – Gaule Khabar

चन्दा असुली र लुटपाटमा संलग्न अभियोगमा मलेसियामा ११ नेपाली पक्राउ

चन्दा असुली र लुटपाटमा संलग्न अभियोगमा मलेसियामा ११ नेपाली पक्राउ

मलेसिया,फाल्गुन ६ –

नेपालीहरुलाई लुटपाट गर्ने र चन्दाअसुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’  सञ्चालन गरि मलेसियामा नेपालीहरुसंग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले खबर प्रकाशन गरेका छन् ।

प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको छ । पेनाङ प्रहरीले गत आइतबार त्यहााको बुकित मातार्जामबाट उक्त समूहमै आबद्ध भनिएका ३ जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले यसबारे बिहीबार एक पत्राकार सम्मेलन गर्दै सार्वज्निक गरेको हो ।

पक्राउ पर्नेमा २२ देखि ३६ बर्ष उमेर समूहका रहेका छन् भने तीमध्येका नाईके ३६ बर्षिय नेपाली रहेको मलेसियाली समाचारसंस्था बर्नामा ले उल्लेख गरेको छ । पक्राउ पर्नेहरुमध्ये कतिपय गैरकानुनी हैसियतका छन् । उक्त समूहमा २० जना नेपालीहरु आबद्ध रहेको प्रहरीको प्रारम्भिक अनसुन्धानले देखाएको छ । प्रहरीले समूहमा आबद्ध अन्य नौजनाको खोजी गरिरहेको जनाइएको छ ।

नाईके ती व्यक्ति क्वालालम्पुरबाट केही समयअघि मात्र पेनाङ पुगेको समाचारहरुमा उल्लेख गरिएको छ र उनको तस्विर पनि सार्वजनिक गरिएको छ । छापा मार्ने क्रममा केही नेपालको झण्डाहरु, धार्मिक सरसामानहरु र धारिला हतियारसमेत बरामद भएको बताइएको छ । उनीहरुको कुनैपनि जागिर नभएको र आफ्नै मुलुकका नागरिकहरुसंग चन्दा असुली एवं लुटपाट गर्ने गरेको प्रहरीलाई उल्लेख गर्दै संचारमाध्यमले खबर छापेका छन् ।

मलेसियाली अंग्रेजी दैनिक द स्टार का अनुसार उक्त समूहले विगतबर्षदेखि प्रतिव्यक्ति मासिक २५ रिंगिटका दरले चन्दा असुली गर्दै आएको थियो । पक्राउ गर्ने नाइकेहरुका शरिरमा ट्याटु–छाप रहेको भन्दै तस्बिरसहितका समाचारहरु प्रकाशित छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका