WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZesvCgRNydA.eC01fLLKsvKvyUuRl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:13:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ६ –
सुनको भाउ यो हप्ता समग्रमा चारसय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार अन्तिम दिन ५५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
शुक्रबारको भाउ बिहीबारको भन्दा २ सय रुपैयाँले बढी हो । बिहीबार सुनको भाउ तोलामा ५५ हजार ६ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले भाउ अझै केही बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार विवाहको लगन भएकाले सुनको माग बढ्न थालेको छ । तर बजारमा माग अनुसारको सुनको आपूर्ति नहुँदा कारोबार भने प्रभावित भएको छ । माघ महिनाको बिचतिर दैनिक ५० किलो भन्दा धेरै माग भएको सुन अहिले ३५ किलोको हाराहारीमा झरेको छ ।
बजारमा सुन नपाईंदा महंगोमा खरिद गरी बिक्रि गर्नुपर्ने बाध्यता हुँदा कालोबजारी बढेको उनीहरुको भनाई छ । यसरी किनेको सुन ग्राहकलाई मंहगो पर्ने हुँदा कारोबार सन्तोषजनक नभएको हो । शुक्रबार चाँदीको भाउमा भने कुनै घडबढ भएको छैन । बिहीबार जस्तै चाँदी शुक्रबार तोलाको ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।