Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कञ्चनपुरमा ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु – Gaule Khabar

कञ्चनपुरमा ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु

कञ्चनपुरमा ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु

कञ्चनपुर,फागुन ६ –

ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।

बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको थियो ।

अस्पतालमै उपचारका क्रममा चौधरीको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका