Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आशा लघुवित्त वित्तीय संस्थाको शाखा चितवन र नवलपरासीमा – Gaule Khabar

आशा लघुवित्त वित्तीय संस्थाको शाखा चितवन र नवलपरासीमा

आशा लघुवित्त वित्तीय संस्थाको शाखा चितवन र नवलपरासीमा

चितवन,फागुन ५-

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्नो २ वटा शाखा कार्यालयको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालय भरतपुर–२२, चितवनको उदघाटन संचालक समिति अध्यक्ष रामबहादुर पाण्डेले गरे भने रजहर–०१, नवलपरासिको उद्घाटन संचालक निर्गुण प्रसाद भट्टचनले गरेका हुन् ।

सो कार्यक्रमहरुमा संचालकहरु खगेन्द्र भट्टचन, शंकर प्रसाद कालीकोटा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले चितवन र नवलपरासी जिल्लामा शाखा कार्यालयहरु खोलेको जानकारी संस्थाका प्रबन्धक जीवन खनालले दिए । साथै संस्थाको रुपन्देही, कपिलवस्तु, धादिङ्ग, सुनसरी तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका