Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रेड यूनियन सम्बद्धका कर्मचारीहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरेर काममा फर्कीन राजनीतिक दल निकट युवा संगठनहरुले आग्रह – Gaule Khabar

ट्रेड यूनियन सम्बद्धका कर्मचारीहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरेर काममा फर्कीन राजनीतिक दल निकट युवा संगठनहरुले आग्रह

ट्रेड यूनियन सम्बद्धका कर्मचारीहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरेर काममा फर्कीन राजनीतिक दल निकट युवा संगठनहरुले आग्रह

चितवन, फगुन ५-

आन्दोलनरत्त स्थानीय निकाय अन्तर्गतको ट्रेड यूनियन सम्बद्ध कर्मचारीहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरेर काममा फर्कीन चितवन विभिन्न राजनीतिक दल निकट युवा संगठनहरुले आग्रह गरेका छन् ।

जनताको काम प्रभावित नहुने गरी आफ्नो माग राख्न समेत उनीहरुले आग्रह गरेका हुन् । कामकाज ठप्प पारेर आन्दोलनमा उत्रीएका विभिन्न ट्रेड यूनियन सम्बद्ध कर्मचारीहरुलाई स्वतस्फुर्त रुपमा काममा फर्कीन समेत आग्रह गरेका छन् । काँग्रेस निकट नेपाल तरुणदल र नेविसंघका पद्धाधिकारीहरु विहीवार जिल्ला विकास समितिको कार्यालयमा नै पुगेर आन्दोलनरत्त पक्षलाई यस्तो आग्रह गरेका हुन् । उनीहरुले आन्दोलनमा राखिएको माग संवोधन गराउन सहज विकल्प खोज्न समेत सुझाव दिएका छन् । नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार र नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले संयुक्त विज्ञप्ति समेत जारी गरेर जनतालाई दिनुपने सेवा प्रभावित नबनाउन भनेका छन् । आन्दोलन सँगै जनताको काम पनि लैजान विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

उनीहरुले जिल्ला विकास समितिमा ट्रेड यूनियन सम्बद्ध कर्मचारीहरुले लगाएको ताला समेत खुलाएका छन् । जिल्ला विकास समितिको मूख्य प्रवेश द्धार र कार्यालय भित्रको प्रवेशद्धारमा लगाइएको ताला खुलाएका हुन् । ताला खुलेसँगै स्थानीय विकास अधिकारी भने आफ्नो कार्याकक्षमा प्रवेश गर्न पाएका छन् । तर आन्दोलनरत्त कर्मचारीहरु भने कार्यालय खुलेपनि काम फर्कीएका छैनन् । यता भरतपुर उपमहानगरपालिकाको कर्मचारीहरुको आन्दोलन पनि जारी छ । उनीहरु कार्यालयको कामकाज ठप्प पारेर मुख्य प्रवेशद्धारमा तालाबन्दि गरेर आन्दोलनमा उत्रीएका छन् । कार्य सम्पादनको समयमा कार्यालय बाहिर बसेर विरोध जनाइरहेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणा गर्नदेखि जारी नयाँ संविधानमा उल्लेख भए बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्ति व्यवस्थापन गर्न माग गरेका छन् । स्थानीय निकायमा बीसौं बर्षदेखि अस्थायी तथा करारमा रही कामगरेका ६ हजार कर्मचारीलाई निरन्तरता दिँदै अब बन्ने ऐन नियम कार्यबिधी, गठन आदेशहरुबाटै स्थायीत्व र व्यवस्थापनको संवोधन गर्नुपर्ने लगायतका मागहरु छन् ।

तिर्थस्थल देवघाटको स्नान गर्ने क्षेत्रलाई व्यवस्थापन गर्न नेपाली सेनाले चासो देखाएको छ । देवघाटको बेनी क्षेत्रमा रातीदेखि नै स्नान चल्ने भएकाले सो क्षेत्रमा उज्यालो बनाउने देखि अन्य व्यवस्थापनमा नेपाली सेनाले चासो देखाएको हो । नेपाली सेनाको मुख्यालयले देवघाट क्षेत्र अन्तर्गत बेनि क्षेत्रको व्यवस्थापनका लागि प्राविधिक अध्ययन समेत सुरु गरेको छ । नेपाली सेनाको हेटौडा स्थित पृतनालयबाट प्रमुख सेनानी तुलसी प्रसाद लामिछानेको नेतृत्वमा तीन सदस्यी सेनाको प्राविधिक टोली विहीवार देवघाट क्षेत्र पुगेर अध्ययन सुरु गरेको हो । देवघाट क्षेत्रलाई व्यस्थित बनाई सो क्षेत्रमा स्नानगर्न पुग्ने तिर्थालुलाई सहज बनाउन सेनाले श्रमदान सँगै केही आर्थिक लगानी गर्ने समेत तयारी छ । प्राविधिक टोलीले देवघाट क्षेत्र विकास समितिका पद्धाधिकारीहरु सँग भेटघाट र बेनि क्षेत्रको स्थलगत अध्ययन गर्नेछन् । पृतनालयका प्रमुख सेनानी लामिछानेका अनुसार सेनाको मुख्यालले नै बेनि क्षेत्रको व्यवस्थापनमा चासो देखाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलको आग्रह अनुसार नै सेनाको मुख्यालयले देवघाट क्षेत्रमा केही योगदान गर्ने तयारी गरेको समेत प्रमुख सेनानी लामिछानेले जानकारी दिनुभयो ।

उहाँले तत्काल उज्यालोका लागि तीनवटा बिजुलीको पोल व्यवस्थापन गर्न सकिने समेत बताउनुभयो । बत्तिको पाल सँगै अन्य व्यवस्थापनको विषयमा समेत अध्ययन गर्ने छौं उहाँले भन्नुभयो । प्राविधिक टोली सँगै बेनि क्षेत्रमा विजुलीको व्यवस्थापनका लागि भरतपुर विद्युत प्राधिकरणका इन्जीनियर सरोज चौधरी अध्ययनका लागि पुग्नुभएको थियो । उहाँले बिद्युतका लागि आवश्यक पोल तारको व्यवस्थापन प्राधिकरणले गर्ने समेत बताउनुभयो । देवघाट क्षेत्रमा विभिन्न ठाउँबाट आउने दर्शनार्थीहरुलाई सहज बनाउन देवघाट क्षेत्र विकास समितिले विभिन्न गुरु योजना तयार पारेको छ । गुरु योजना अनुसार कामलाई अगाडी बढाउन बेनि क्षेत्रमा उज्यालो अभियानका लागि नेपाली सेनालाई आग्रह गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । उज्यालो अभियान सँगै सरसफाई लगायत, बेनि क्षेत्रलाई व्यवस्थ्ति गर्न सकिए धार्मिक पर्यटकनको आधार अझै बलियो हुने स्थानीयहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका