Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगर नगरपालिकामा ताला फोडेको प्रति भत्र्सना – Gaule Khabar

रत्ननगर नगरपालिकामा ताला फोडेको प्रति भत्र्सना

रत्ननगर नगरपालिकामा ताला फोडेको प्रति भत्र्सना

चितवन,फागुन ५ –

रत्ननगर नगरपालिकामा कर्मचारीहरुले लगाएको ताला विहीवार केही सिमित व्यक्तीले तोडेको प्रति स्थानिय निकाय टे«ड युनियन सयुक्त समन्वय समितिले भत्र्सना गरेको छ । कर्मचारीको शान्ति पुर्ण आन्दोलनमा विजय ओझा नेतृत्वमा आएका तीन जनाको समुहले तोडेको प्रति समन्वय समितिले विज्ञप्ती जारी गरेर भत्र्सनासहित आपत्ति जनाएको हो । विहीवार सो समुहले नगरपालिकाको मुल गेटमा लगाएको ताला विना तोडेर भागेका थिए ।

कर्मचारीहरुको विरोध तथा धर्ना भैरहेको वेला ओझा नेतृत्वको समुहले अमर्यादित गुण्डागर्दी शैलीमा ताला फोरिएको समन्वय समितिका जिल्ला सदस्य एवंम् रत्ननगरमा आन्दोलनको नेतृत्व गरेका प्रकासचन्द्र ढुङ्गानाले जारी गरेको विज्ञप्तीम उल्लेख छ । विज्ञप्ती जारी अघि आयोजित सभामा वोल्दै कर्मचारी संगठनका प्रतिनिधीहरुले शान्ति पुर्ण रुपमा भएको आन्दोलनमा ति व्यक्तीले देखाएको अमर्यादित कार्यको विरोध जनाए ।

सभामा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन रत्ननगरका संस्थापक अध्यक्ष सिताराम पोखरेलले ठुलो संकट पार गरेर आएका कर्मचारीहरु केही व्यक्ती आएर ताला फोर्दैमा विचलित नहुने वताए । स्थानिय निकायमा निजामति कर्मचारी नियुक्ती गर्न खोजेर हाल स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई तल्लो तहमा काम लगाउन खोज्नु आपत्तिजनक विषय रहेको भन्दै सरकारले अवमुल्यन गरेको पोखरेलको भनाई थियो । पोखरेलले अस्थायी,करार ,ज्यालादारी कर्मचारीलाई स्थायी तथा सम्मानजनक समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

स्थानिय निकाय टे«ड युनियन सयुक्त समन्वय समितिका जिल्ला सदस्य एवंम् रत्ननगरमा आन्दोलनको नेतृत्व गरेका ढुङ्गानाले निजामति कर्मचारी आफुहरु एक तहको वढुवा गर्ने अनि स्थानिय निकायमा कार्यरत कर्मचारीलाई तह घटुवा गर्ने खेलमा लागेको वताए । नगरपालिकामा कर्मचारीहले लगाएको ताला गुण्डागर्दी शैलीमा तोड्नु लोकतन्त्र विरोधी र अर्मयादित रहेको औल्याए । आन्दोलनका संयोजक ढुङ्गानाको अध्यक्षतामा भएको सभामा नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रिय सदस्य बासु रिजाल,शंकर कुँवर,शंकर गिरी,लिलानाथ अर्याल,शारदादेवी वाग्ले लगायतले मन्तव्य राखेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका