Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली काँग्रेस नवलपरासीको कार्यसमितिले पूर्णता पायो – Gaule Khabar

नेपाली काँग्रेस नवलपरासीको कार्यसमितिले पूर्णता पायो

नेपाली काँग्रेस नवलपरासीको कार्यसमितिले पूर्णता पायो

सरु शर्मा,
परासी, फागुन ५–

लामो समय देखि पुर्णता पाउन नसकेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले पूर्णता पाएको छ ।

जिल्ला कार्य समितिको आजको बैठकले कार्यसमितिलाई पुर्णता दिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेले आजको बैठकमा बाँकी रहेका पदमा मनोनित गरी कार्यसमितिलाई पूर्णता दिनुभएको हो । सभापति लामिछानेले कार्यसमितिलाई पुर्णता दिनका लागि उपसभापति, सचिव र सहसचिवमा तिन जना जिल्ला सदस्यहरुलाई मनोनित गर्नु भएको जानकारी दिनु भएको छ ।

पार्टीको उपसभापतिमा अर्जुन कुमार पोख्रेल, सचिवमा बालकृष्ण घिमिरे र सहसचिवमा शिवशंकर रायलाई मनोनित गरिएको छ । लामो समयदेखि पार्टीले बिभिन्न कारणले गर्दा कार्यसमितिलाई पूर्णता दिन सकेको थिएन तर पार्टीको आज बसेको बैठकले सर्वसम्मत रुपमा कार्यसमितिलाई पूर्णता दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका