Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शङ्खरापुरलाई कागेश्वरी नपामा विलय नगराउन माग – Gaule Khabar

शङ्खरापुरलाई कागेश्वरी नपामा विलय नगराउन माग

शङ्खरापुरलाई कागेश्वरी नपामा विलय नगराउन माग

काठमाडौं, फागुन ५ –

शङ्खरापुर नागरिक समाजले स्थानीय निकाय पुनःसंरचना आयोगबाट सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सांसद दीपक कुइँकेलले शङ्खरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने बताउनुभयो ।

उपत्यकाको पुरानो तर भौगोलिक रुपमा ठूलो यस सांस्कृतिक सहर शङ्खरापुर नगरपालिकालाई यथास्थितिमा नै निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । समाजका संयोजक रुपेशलाल श्रेष्ठले सो नगरपालिका विलय गरिएमा दुर्गम पहाडी स्थानका जनताले स्थानीय नगरपालिकाबाट पाउनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने र जनजातिको पहिचान खतरामा पर्ने बताउनुभयो ।

विसं २०७१ मा मङ्सिर १६ गते ती दुवै नगरपालिका घोषणा गरिएको थियो । हाल शङ्खरापुर नगरपालिकामा २५ हजार तथा कागेश्वरी मनहरा नगरपालिकामा ७५ हजार जनसङ्ख्या रहेका छन् । आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न आग्रह गर्दै समाजले त्यसो नभएमा सशक्त आन्दोलनका कार्यक्रम गरिने चेतावनीसमेत दिएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका