WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8oE1faoNEOjCMsHDoBYCRwC309GCS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:46:49', '', 'admlnlx', 'admlnlx')
कन्चनपुर, फागुन ५ –
कन्चनपुरको बेलडाडी नगरपालिका–४ का गजेन्द्र विष्टको हत्यामा संलग्नहरुलाई कारबाहीको माग राखेर उनको परिवारका सदस्य र आफन्तले विहीबार महेन्द्रनगर उच्च अदालतअगाडि प्रदर्शन गरेका छन् ।
विष्टको गत कात्तिकमा खेल जोतिरहेकोबेला फरुवा प्रहार गरी हत्या भएको थियो ।
मृतक गजेन्द्रका दाइ अमिर विष्टले घटना भएको तीन महिना बितिसक्दा पनि हत्यारा पक्राउ गर्न प्रहरी प्रशासनले उदासीनता देखाएको भन्दै प्रदर्शन गरेको बताए ।
प्रहरीले छानबिनसमेत फितलो गर्दा पीडितले न्याय नपाएको उनीहरुको गुनासो छ । उनीहरुले घटनाको पुनः सत्यतथ्य छानबिन, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाहीको माग गरेका छन् ।
प्रदर्शनकाक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको छ ।