WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.rFurhm52Q5Bb8zX2xd6mTlUFjGfI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:44:34', '', 'admlnlx', 'admlnlx')
एजेन्सी,फागुन ३ –
सुन्दा पनि अचम्म लाग्छ कोही मानिस दिनको २४ घण्टामा २२ घण्टा सुत्छ भन्दा तर यो सत्य हो ।
बेलायतकी २२ वर्षीया बेथ गोडियर अचम्मकी युवती हुन् । उनी १७ वर्षको उमेरदेखि दैनिक २२ घण्टा सुत्दै आएकी छिन् । बाँकी रहेको दुई घण्टा पनि उनी अर्धनिद्रामै हुन्छिन् र यही बेलामा हिँड्डुल गर्ने, खाना खाने लगायतका काम गर्छिन् ।
उनलाई यो अचम्मको रोग लागेको छ । र कुनै समय त उनी ६ महिनासम्म यसरी नै सुतेर बिताउँछन् । उनको यो अचम्मको व्यवहारलाई एउटा डकुमेन्ट्रीमा ‘स्लिपिङ ब्युटी’ उपनाम पनि दिइएको छ ।
खासमा केलिन–लिभिन नामक रोगले ग्रस्त व्यक्तिहरू अत्यधिक निदाउने चिकित्सकहरुको भनाई छ । र यी युवतीलाई पनि यही रोग लागेको छ ।
अहिले बेलायतमा यो रोग लागेर कुम्भकर्ण निद्रामा जाने व्यक्तिहरूको संख्या १ सयको हाराहारीमा छ । उनलाई हिँड्डुल गर्दा निकै थकाइ लाग्ने बुझिएको छ ।