WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBGBK.zbHuVTnb3TydS6EH4RlIC7i0/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 12:51:49', '', 'admlnlx', 'admlnlx')
दमक, फागुन ५-
चितुवाको आक्रमणबाट मोरङको राजघाटमा वन कार्यालयका दुई कर्मचारीसहित चार जना घाइते भएका छन् ।
बिहीबार बिहान ८ बजेतिर चितुवाले आक्रमण गर्दा खेत जोत्दै गरेका राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् । खेत जोतिरहेको समयमा अचानक आएको चितुवाले आक्रमण गर्दा टंकलालको दायाँ हातमा गहिरो चोट लागेको छ । टंकलाललाई आक्रमण गरेको हेर्न जाँदा खुशीलाललाई पनि चितुवाले आक्रमण गरेको थियो । उनको ढाड र बायाँ हातमा चिथोरेको छ ।
घटनास्थल पुगेका सेक्टर वन कार्यालय मंगलबारेका फरेष्टर ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय बीरबहादुर कटुवाललाई पनि चितुवाले आक्रमण गरेको थियो । उनीहरुलाई बिहान साढे ९ बजेतिर आक्रमण गरेको वन कार्यालयका सुविदार टंक विकले जानकारी दिए । चितुवालाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालयको आग्रहमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली बोलाएको विकले बताए । घाइतेहरुको उर्लाबारीस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।