Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बझाङ: जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा – Gaule Khabar

बझाङ: जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा

बझाङ: जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा

बझाङ,  फागुन ५-

जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाका आधारमा मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयले अस्पतालको स्टोरमा छापा मारेको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा गएको टोलीले छापा मार्दा अस्पतालको स्टोरमा जिङ्क सल्फेट नामक औसधी म्याद गुज्रेको अवस्थामा फेला परेको पाइएको छ ।हालै खरिद गरिएका १४ प्रकारका औषधीहरु नियम विपरित स्टोर गरेको पाइएको छ भने नियमअनुसार औषधी आपुर्तीकर्ता कम्पनीले कम्तीमा १८ महिना उपभोग्य मिति बाँकी रहेका औषधी मात्र आपुर्ती गर्नु पर्ने र अस्पतालको स्टोरले दाखिला गर्दा पनि सोही नियमको पालना गर्नु पर्ने भए पनि त्यसो नगरिएको पाइएको छ ।

भेटिएका औषधीहरु मध्ये धेरै जसो औषधीको उपभोग्य म्याद तीनदेखि छ महिनाभित्र सकिने छ । जिल्ला अस्पतालका स्टोरकिपर दलबहादुर बुढाऐरले औषधी दाखिला गर्नु अघि जिल्ला प्रशाशन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिकले औषधी रुजु गरेको र आफुले दाखिला मात्र गरेको बताएका छन् । उनले भने, ‘ठेकेदार कम्पनी ड्रग सेन्टर धनगढीले गत पौष २७ गते एक महिना भित्र औसधी आपुर्ती गर्ने सर्तमा ठेक्का लिएको उक्त कम्पनीले सम्झौताको म्याद गुज्री सक्दा पनि सबै औषधी आपुर्ती गर्न सकेको छैन । कुल ३२ लाख रुपैयाको औषधी आपुर्ती गर्ने जिम्मा लिएको कम्पनीले २४ लाखको मात्र औषधी जिल्ला अस्पताल पुर्याएको छ ।’

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला प्रशाशन कार्यालयको प्रतिनिधी औषधी रुजु गर्न गए÷नगएको विषयमा आफुलाई जानकारी नभएको र यस विषयमा कार्यालयमा बुझेर मात्र भन्न सकिने बताए । उनले औषधी आपुर्ती कर्ता कम्पनी संग भएको सम्झौताका आधारमा छानविन गरिने  र नियम विपरित गरेको पाइए कारबाही हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका