Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रहरीबल लगाएर भएपनि स्ववियु चुनाव निर्धारित मितिमै – Gaule Khabar

प्रहरीबल लगाएर भएपनि स्ववियु चुनाव निर्धारित मितिमै

प्रहरीबल लगाएर भएपनि स्ववियु चुनाव निर्धारित मितिमै

काठमाडौं, फागुन ४ –

प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालय र प्रमुख तीन विद्यार्थी संगठनले स्ववियु चुनाव निर्धारित मितिमै गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको संयुक्त बैठकले स्ववियु चुनाव कुनै पनि हालतमा सार्न नसकिने निष्कर्ष निकालेको हो।

बैठकमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सपभाति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, त्रिवि उपकुलपति प्रा.डा. तिर्थ खनिया, अनेरास्ववियु अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने लगायतको उपस्थिति थियो। ‘स्ववियु चुनाव संविधान कार्यान्वयनसँग पनि एक हिसाबले जोडिएकाले यसलाई निर्धारित मितिमै सम्पन्न गर्ने विषयमा सहमति भयो,’ क्रान्तिकारीका अध्यक्ष न्यौपानेले भने, ‘आवश्यकता अनुसार सरकारले सुरक्षा प्रबन्ध मिलाउने र चुनाव निर्धारित मितिमै गर्ने निर्णय भएको छ।’

बैठकमा चुनाव सार्ने एजेण्डामा कुराकानी नै नभएको न्यौपानेले जिकिर गरे। उनकाअनुसार प्रधानमन्त्रीले क्याम्पसहरुले आवश्यक ठानेमा जस्तोसुकै सुरक्षा प्रबन्ध मिलाउन पनि सरकार तयार रहेको बताएका थिए। त्रिवि उपकुलपति खनियाले पनि बैठकमा फागुन १४ को निर्धारित मितिमा नै चुनाव गर्न तयार रहेको जनाएका थिए। यस्तै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले समेत चुनाव कुनै पनि हाल सार्न नसकिने बताएको न्यौपानेले जानकारी दिए। नेविसंघ अध्यक्ष महरले आवश्यक परे मनोनयन लगायतका अरु प्रक्रिया केही दिनका लागि सार्ने तर, चुनाव फागुन १४ कै मितिमा गर्ने निर्णय भएको जानकारी दिए।

‘चुनावी कार्यतालिकामा सामान्य हेरफेर गरेर मनोनयन लगायतका प्रक्रिया केही दिन पछिलाई सार्न सकिन्छ, तर चुनाव फागुन १४ गते नै हुनुपर्छ भन्ने विषयमा सहमति भयो,’ महरले भने। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, राप्रपा निकट राप्रविसंघ लगायतका विद्यार्थी संगठनले चुनावको मिति सार्नु पर्ने माग गर्दै आएका थिए। विप्लव निकट विद्यार्थीहरुले देशका विभिन्न क्याम्पसमा स्ववियु चुनाव प्रक्रिया अबरुद्ध पार्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका