Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मध्यरातमा श्रीमतीको हत्या गरि खाल्टोमा पुरिदिएपछि – Gaule Khabar

मध्यरातमा श्रीमतीको हत्या गरि खाल्टोमा पुरिदिएपछि

मध्यरातमा श्रीमतीको हत्या गरि खाल्टोमा पुरिदिएपछि

कैलाली, फागुन ४–

धनगढी उपमाहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । जुगेडाकी हिक्मत र अञ्जली प्रेममा रहेका साथीहरुमार्फत नजिकिएका थिए ।

झण्डै तीन महिनाको प्रेम सम्वन्धपछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरे । शारदा मावि जुगेडामा ९ कक्षामा पढ्दै गर्दा १६ बर्षीया अञ्जली २२ बर्षीय हिक्मतसँग नजिक हुन पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, बिहे अघि उनले पढाइ छाडिसकेकी थिइन् हिक्मत नेपाली सेनामा भर्तीका लागि ८ महिना तालिम गरेपछि निकालिएका थिए । लागू औषध सेवन गरेको भेटिएपछि उनी सेनामा भर्ती हुन सकेनन् । भागी बिहे गरेकाले माइती पक्षले स्वीकार गरेको थिएन । तर, कुराकानी चलिरहेको थियो । हिक्मत र अञ्जली भने परिवारसँग छुटि्टसकेका थिए ।

हिक्मतले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुको परिवार ठीकै चलिरहेको थियो । तर, अञ्जलीको नियमित माहिनावारी नभएको विषयलाई लिएर विवाद सुरु भयो । अञ्जलीले आफ्नो ४/५ महिनामा एक पटक मात्र महिनावारी हुने समस्या रहेको बताइन् । हिक्मतले पत्याएनन् । उनले उल्टै अञ्जलीमाथि शंका गर्न थाले । उनले अरु कसैको गर्भ बोकेर आफूलाई धोका दिएको मससुस गर्न थाले ।

हत्या गरेर आफैंले खाल्डो खनेर पुरे

डीएसपी वीरबहादुर बुढामगरका अनुसार हिक्मतले अञ्जलीको हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीलाई दिएको बयान अनुसार हत्या माघ २७ गते मध्यरातमा भएको हो । उनले त्यही दिन विहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाए ।

आफ्ना दुई साथीहरु रोजगारीका लागि भारत जाने भएकाले उनी गौरिफान्टासम्म पुर्‍याउन गए । त्यतै मदिरा पिए । घर नजिकैको भट्टीमा ११ बजेसम्म बसेर मदिरा पिएका उनी मध्यरातमा घरतिर लागे ।

घर नजिक पुगेपछि पनि गाँजा खाए । तर, राति करिव १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे ।

उनले प्रहरीलाई दिएको बयान अनुसार जुटको डोरीले घाँटी कसेर मारेका थिए । हत्यापछि घरबाट करिव ५० मिटरपर बासघारीको खोल्सामा खाडल गरेर शवलाई पुगे ।

मोटरसाइकल चढेर प्रहरी चौकी आए

घटनापछि उनी घरमै आएर सुते । विहान अरुले सोध्दा कतै गएको होला भने । तर, ९/१० बजेसम्म पनि अञ्जली नदेखिएपछि अरुले खोजी गर्न थाले । उनी पनि खोजी गरे झैँ गरिरहे, ताकि हत्याबारे कसैलाई शंका नहोस् ।परिवारका सदस्यले अर्को दिन मात्र माइतीमा खबर गरे । अञ्जलीको माइतीमा मात्र मात्र छिन् । त्यसैले ठूलो बुबाका छोरा आए र हिक्मतसकै साथी भएकाले मिलेर सँगै खोजे ।

अञ्जली नभेटिएपछि माइती पक्षले प्रहरीमा उजुरी दियो । र, उनीहरुले केटामाथि शंका गरे । लगतै प्रहरीले नजिकैकै चौकीबाट प्रहरी पठाएर हिक्मतलाई ल्याउन भने । उनी प्रहरीकै मोटरसाइकल चढेर प्रहरी चौकीमा आएको डीएसपी बुढामगरले बताए ।

लगतै प्रहरीले उनको घर वरिपरि खोजविन गर्ने क्रममा खाल्डो खनेको भेटियो । त्यहाँ उल्लखन गरेर हेर्दा अञ्जलीको शव भेटिएको प्रहरीले बताएको छ । अञ्जलीको शव पोस्टमार्टमका लागि पठाइएको छ भने हिक्मतले अपराध स्वीकार गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका