Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुई ‘बर्थडे ब्वाई’ को प्रदर्शनले बार्सिलोनाको अकल्पनीय हार – Gaule Khabar

दुई ‘बर्थडे ब्वाई’ को प्रदर्शनले बार्सिलोनाको अकल्पनीय हार

दुई ‘बर्थडे ब्वाई’ को प्रदर्शनले बार्सिलोनाको अकल्पनीय हार

काठमाडौं, फागुन ४–

दुई ‘बर्थडे ब्वाई’ अर्जेन्टिनाका एन्जेल डि मारिया र उरुग्वेका एडिन्सन काभानीले संयुक्तरुपमा तीन गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मनी (पिएसजी) बाट ४–० को अकल्पनीय नतिजा भोग्नु पर्यो।

नेपाली समयअनुसार बिहान ३ बजेर २२ मिनेटमा पेरिसको पार्क डे प्रिन्सेस रंगशालामा समाप्त भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हाफमा पनि २ गोल खायो।

डि मारिया र काभानीको फेब्रुअरी १४ मै जन्मदिन परेको थियो। डि मारियाले खेल सुरु भएको १८ मिनेटमै फ्रिकिकमार्फत गोल गर्दै घरेलु समर्थकलाई २९ औं जन्मदिनको उपहार दिएका थिए। उनले दोस्रो हाफको ५५ मिनेटमा पनि अर्को गोल गरे।

काभानीले ७१ मिनेटमा गोल गरे। ३० वर्षमा प्रवेश गरेका काभानीको च्याम्पियन्स लिगमा सातौं गोल थियो। अर्को गोल जर्मनीका युवा विङ्गर जुलियान ड्राक्स्लरले गरे। उनले ४० मिनेटमा गोल गरेका थिए।

बार्सिलोनाको मिड र डिफेन्स निकै फितलो थियो। पहिलो र दोस्रो दुवै हाफमा भ्रमणकारी टोलीका खेलाडीले त्यति प्रभावशाली खेल प्रदर्शन गर्न सकेनन्। बार्सिलोनाका तीनै जना स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमार प्रभावहीन देखिए।

बार्सिलोनालाई गत शुक्रबार चोटग्रस्त भएका डिफेन्डर भिडालको कमी निकै खलेको थियो। च्याम्पियन्स लिगमा ४ गोलको स्पष्ट अन्तरले पराजित भएको बार्सिलोनाको पहिलो घटना हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका